प्रकाशित : २१ श्रावण २०७७, बुधबार १७:०९

विराटनगर, २१ साउन । प्रदेश १ बाट ९० वर्षीया बृद्धा कोरोनामुक्त भएकी छिन् । अस्पताल भर्ना भएको १० दिन पछि स्वाव परीक्षण गर्दा नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको छ ।

विराटनगर ६ की ९० वर्षीया मधुदेवी भट्टराई साउन १० गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना हुनु भउको थियो । उहाँले छोटो समयमै कोरोनालाई पराजित गर्न सफल भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले बताउनुभयो । बृद्धामा मधुमेह, उच्चरक्तचाप र नसा संवन्धि रोगबाट पीडित रहेकोे डा. दासले बताउनुभयो ।

कोरोनामुक्त भएपछि भट्टराईले आँफु ठिक भएको बताउनुभयो । उहाँसँगै बुहारी पनि डिस्चार्ज हुभएकी छिन् । बृद्धासँगै छोरा, बुहारी र नातीमा पनि संक्रमण देखिएको थियो । छोरा र नाती उपचाररत छन् । कोरोना मुक्त भएकी बृद्धा लगायत विराटनगरबाट डिस्चार्ज भएका २१ जनालाई सामाजिक विकास मन्त्री घिमिरेले विदाई गर्नुभउको थियो । प्रदेश १ बाट सवैभन्दा बढी ९० वर्षकी बृद्धा र सवै कम उमेरकी विराटनगर १० की ८ महिने बालिका असार १५ गते डिस्चार्ज भएको स्वास्थ्य कार्यालय मोरंगका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३