प्रकाशित : २१ श्रावण २०७७, बुधबार ०७:४४

विराटनगर, २१ साउन । जोगवनी नाकाबाट नेपाल प्रवेश गर्ने भन्दा भारत जानेको संख्या बढ्दो छ ।

लकडाउनका व्यापार व्यवसाय बन्द भएपछि नेपालले भारतमा र भारतले नेपालमा अलपत्र परेका आफ्ना नागरिकलाई जेठ दोस्रो साताबाट नागरिकता र रासनकार्डका आधारमा आफ्नो मुलुक फर्काउन थालेका थिए । लकडाउनका कारण त्यसअघि दुवै देशका नागरिकले आ–आफ्नो मुलुक फर्कन पाएका थिएनन् । भारतमा अलपत्र परेकाहरूलाई जेठ १३ गतेबाट जोगवनी नाका हुँदै फर्काउन थालिएको थियो । जेठ १४ बाट नेपालमा रहेका भारतीयहरु आफ्नो मुलुक फर्कन थालेका थिए ।

साउन २० गते सम्म जोगवनी नाका हुँदै नेपाल प्रवेश गर्नेको संख्या ३ हजार ६ सय ९ छ । नेपाल प्रवेश गरेका मध्ये २ हजार ८ सय ३८ पुरुष र ७ सय ७४ महिला रहेको मोरंग प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो । प्रहरीको तथ्यांक अनुसार पछिल्लो समय भारतबाट आउने नेपालीको संख्या कम छ ।

जोगवनीको आईसीपी क्याम्प हुँदै विराटनगरबाट ५ हजार ८ सय ३० भारतीय नागरिक गएका छन् । भारत जानेमा ४ हजार ४ सय ३४ पुरुष र १ हजार ४ सय १ महिला छन् । भारत जानेहरुको संख्या पनि घट्दै गएको मोरंग प्रहरीले बताएको छ । लुकिछिपी नेपाल आउने र भारत जानेको संख्या भने यकिन छैन । जोगवनी नाकाबाट नेपाल प्रवेश गर्नेहरु प्रदेश १ का झापा, मोरंग र सुनसरीका बढी छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३