प्रकाशित : २१ श्रावण २०७७, बुधबार ०७:४२

विराटनगर, २१ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ७ लाख ३ हजार पुगेको छ । आज विहान सम्म विश्वभर ७ लाख ३ हजार १ सय १३ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा विश्वभर ६ हजार ३० जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ८६ लाख ८२ हजार पुगेको छ । विश्वभर २ लाख ४५ हजार २ सय नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये १ करोड १९ लाख २ हजार बढि उपचारपछि निको भएका छन् । ६५ हजार ४ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार २ सय पुगेको छ । संक्रमितको संख्या ४९ लाख १७ हजार नाघेको छ । ब्राजिलमा २८ लाख ८ हजार बढी संक्रमित हुँदा ९६ हजार बढीको ज्यान गएको छ । भारतमा १९ लाख ६ हजार ६ सय १३ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ३९ हजार ८ सय २० जनाको मृत्यु भएको छ । भारतमा ५१ हजार २ सय ८२ नयाँ संक्रमित थपिएका छन् । रसियामा ८ लाख ६१ हजार बढी संक्रमित भएका छन् । रसियामा १४ हजार ३ सय बढीको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ५ लाख २१ हजार बढी कोरोना संक्रमित मध्ये ८ हजार ८ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ४ लाख ४३ हजार नाघेको छ । मेक्सीकोमा ४८ हजार बढीले ज्यान गुमाएका छन् । पेरुमा ४ लाख ३३ हजार संक्रमित हुँदा १९ हजार ८ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ६२ हजार बढी संक्रमित मध्ये ९ हजार ७ सय बढीले ज्यान गुमाएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३