प्रकाशित : २१ श्रावण २०७७, बुधबार ०७:४०


विराटनगर, २१ साउन । विराटनगर महानगरपालिकाले बैकमा भौतिक रुपमा नगद कारोबार बन्द गर्न आग्रह गरेको छ ।
विराटनगरमा कोरोना भाईरस समुदायस्तरमा फैलिएकाले भौतिक रुपमा नगद कारोवार नगर्न महानगरपालिकाले विराटनगरका बैंक तथा वित्तिय संस्थाहरुलाई पत्र काटेको छ ।
महानगर क्षेत्रमा लकडाउन गरेपनि बैक तथा वित्तिय संस्थामा भिडभाड भईरहेकाले संक्रमणको संभावना रहेको भन्दै महानगरपालिले लकडाउन अवधि भर विद्युतिय माध्यमबाट नगद कारोवार गर्न आग्रह गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडाले बताउनुभयो ।
महानगरपालिकाले सेवाग्राहीलाई पनि उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।