प्रकाशित : २० श्रावण २०७७, मंगलवार १९:१८

विराटनगर, २० साउन । कोरोनाका कारण कोशी अस्पतालमा मृत्यु भएका विराटनगरका वृद्धकी श्रीमतीको कोरोना रिपोर्ट नेगेभिट आएको छ ।

पीसीआर परीक्षण गरिएसँगै रिर्पाट नेगेटिभ आएपछि ७७ वर्षीय मृतककी श्रीमती ६८ वर्षीया वृद्धामा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले कोशीकै प्रयोगशालामा स्वाब संकलन गरेर गरिएको परीक्षणको नतिजा आज दिउँसो नेगेटिभ आएको जानकारी दिनु भयो ।

उपचारका क्रममा वृद्धको मृत्यु हिजो दिउँसो ३ः१५ बजे कोशी अस्पतालकै आइसोलेसनमा भएको थियो । मृत्यु भएपछि स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि वृद्धलाई उपचारका लागि लिएर आएकी श्रीमतीलाई पनि परीक्षणको दायरामा ल्याइएको हो । रिपोर्ट नेगेटिभ आएका कारण सुरक्षित साथ ‘होम क्वारेन्टाइन’मा बस्ने गरी आज पठाइएको डा. दासको भनाइ छ । यसैबीच कोरोनाका कारण मृत्यु भएका बृद्धको शवको व्यवस्थापन आज मात्रै गरिएको छ ।

सेनाको शव व्यवस्थापन टोलीले मोरङको कानेपोखरी जंगलमा लगेर शव व्यवस्थापन गरेको हो । सेनाको बडी व्यवस्थापन टोली शव बुझ्न ढिलो आएका कारण कोरोनाका कारण मृत्यु भएको भोलिपल्ट मात्रै शवको व्यवस्थापन गर्नु पर्ने अवस्था आएको अस्पतालले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३