प्रकाशित : २० श्रावण २०७७, मंगलवार ०७:१९

विराटनगर, २० साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ९६ हजार पुगेको छ । आज विहान सम्म विश्वभर ६ लाख ९६ हजार ७ सय ८४ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा विश्वभर ४ हजार ३ सय ३३ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ८४ लाख ३३ हजार पुगेको छ । विश्वभर १ लाख ९८ हजार ३ सय ४८ नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये १ करोड १६ लाख ६३ हजार बढि उपचारपछि निको भएका छन् । ६४ हजार ७ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५८ हजार ९ सय पुगेको छ ।

संक्रमितको संख्या ४८ लाख ६१ हजार नाघेको छ । ब्राजिलमा २७ लाख ५१ हजार बढी संक्रमित हुँदा ९४ हजार ७ सय बढीको ज्यान गएको छ । भारतमा १८ लाख ५५ हजार ३ सय ३१ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ३८ हजार ९ सय ७१ जनाको मृत्यु भएको छ । भारतमा ५० हजार ६ सय २९ नयाँ संक्रमित थपिएका छन् ।

रसियामा ८ लाख ५६ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १४ हजार २ सयबढीको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ५ लाख १६ हजार बढी कोरोना संक्रमित मध्ये ८ हजार ५ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ४ लाख ३९ हजार नाघेको छ । मेक्सीकोमा ४७ हजार ७ सय बढीले ज्यान गुमाएका छन् ।

पेरुमा ४ लाख ३३ हजार संक्रमित हुँदा १९ हजार ८ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ६१ हजार बढी संक्रमित मध्ये ९ हजार ७ सय बढीले ज्यान गुमाएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३