प्रकाशित : १९ श्रावण २०७७, सोमबार १८:२५

विराटनगर, १९ साउन । कोरोना संक्रमणबाट विराटनगरमा आज एक जनाको मृत्यु भएको छ ।

विराटनगर ५ का ७७ वर्षीय एक बृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय मोरंगका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । मृतक आज विहान १० वजे कोशी अस्पताल उपचारका लागि गएका थिए । मधुमेह र उच्चरक्तचाप भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि कोशी अस्पताल आएको स्वास्थ्य कार्यालय मोरंगका प्रमुख बस्नेतले बताउनुभयो ।

स्वाव लिएर कोशीको आईसोलेसनमा उपचाररत उनको आज दिउँसो सवा ३ वजे मृत्यु भएको थियो । कोरोना रिपोर्ट आउनुअघि नै उनको मृत्यु भएको प्रमुख बस्नेतले बताउनुभयो । उनको ट्राभल हिष्ट्री नभएको बताईएको छ । मृतकको शव परिवारलाई बुझाउने तयारी भईरहेको बताईको छ ।

मोरंगमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि सुनवर्षीमा १ जनाको मृत्यु भएको थियो । विराटनगरमा कोरोना संक्रमितको संख्या १ सय ४२ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३