प्रकाशित : १९ श्रावण २०७७, सोमबार ०६:३४

विराटनगर, १८ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ९२ हजार पुगेको छ । आज विहान सम्म विश्वभर ६ लाख ९२ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा विश्वभर ४ हजार ३ सय ४९ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ८२ लाख २० हजार पुगेको छ । विश्वभर २ लाख १२ हजार २ सय ९० नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमित भएका मध्ये १ करोड १४ लाख ३६ हजार बढि उपचारपछि निको भएका छन् । ६५ हजार ८ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५८ हजार ३ सय पुगेको छ । संक्रमितको संख्या ४८ लाख १३ हजार नाघेको छ । ब्राजिलमा २७ लाख ३३ हजार बढी संक्रमित हुँदा ९४ हजार १ सय बढीको ज्यान गएको छ ।

भारतमा १८ लाख ४ हजार ७ सय २ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ३८ हजार १ सय ६१ जनाको मृत्यु भएको छ । भारतमा ५२ हजार ७ सय ८३ नयाँ संक्रमित थपिएका छन् । रसियामा ८ लाख ५० हजार बढी संक्रमित भएका छन् ।

रसियामा मृत्यु हुनेको संख्या १४ हजार १ सयबढीको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ५ लाख ११ हजार बढी कोरोना संक्रमित मध्ये ८ हजार ३ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ४ लाख ३४ हजार नाघेको छ ।

मेक्सीकोमा ४७ हजार ४ सय बढीले ज्यान गुमाएका छन् । पेरुमा ४ लाख २९ हजार संक्रमित हुँदा १९ हजार ६ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ५९ हजार बढी संक्रमित मध्ये ९ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३