प्रकाशित : १९ श्रावण २०७७, सोमबार ०६:३०

विराटनगर, १९ साउन । मोरंगमा क्वारेन्टाईनमा बस्नेको संख्या ४ सय ५२ छ । आईतबार विद्यालयका क्वारेन्टाईनमा ३ सय ७४ बसेका छन । ७८ जना विद्यालय बाहिरका क्वारेन्टाईन छन् ।

मोरंगका ७५ विद्यालयमा राखिएका क्वारेन्टाईन मध्ये ४४ वटा खाली भएका छन् । ३१ वटा विद्यालयका क्वारेन्टाईनमा अहिले प्रयोगमा छन् । सरकारले विद्यालयमा रहेका क्वारेन्टाईन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेपनि मोरंगका स्थानीयतहले तत्काल हटाउन सक्ने अवस्था नभएको बताएका छन् । मोरंगका १७ वटा स्थानीय तहहरु मध्ये सुनवर्षी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाले धेरै क्वारेन्टाईन विद्यालयमा बनाएको छ । विद्यालयमा भएका क्वारेन्टाईन अन्यत्र सार्न तत्काल संभव नभएको सुनबर्षी नगरपालिकाका प्रमुख कालिप्रसाद दासले बताउनुभयो । सुनबर्षी नगरपालिकाले मदर्शा सहित १७ वटा विद्यालयलाई क्वारेन्टाइन बनाएको थियो । अहिले धेरै क्वारेन्टाईन खाली भएको प्रमुख दासले बताउनुभयो ।

मिक्लाजुङ गाउँपालिकाका प्रमुख देवीप्रसाद आचार्यले संघिय सरकारले भने अनुसार गर्नका लागि विकल्पको खोजी भईरहेको बताउनुभयो । गाउँपालिकाले विकल्पको खोजी गरेपनि तत्काल विद्यालयबाट क्वारेन्टाईन भने हटाउन नसकिने प्रमुख आचार्यको भनाई छ । मोरंगमा ९९ स्थानमा क्वारेन्टाईन बनाईएको छ ।

अधिकांश विद्यालयमा क्वारेन्टाईन छन् । मोरंगमा ९९ मध्ये ७५ स्थानका क्वारेन्टाईन विद्यालय र क्याम्पसमा छन् । मोरंगका १७ वटा स्थानीय तह मध्ये १६ वटाले क्वारेन्टाईनका रुपमा कलेज र विद्यालयलाई प्रयोग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार विराटनगर महानगरपालिका, बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिकाले १–१ वटा विद्यालय, पथरीशनिश्चरे, लेटाङ र रंगेली नगरपालिकाले १–१, वटा क्याम्पस, मिक्लाजुङ गाउँपालिका र रतुवामाई नगरपालिकाल १३–१३ विद्यालय, सुनबर्षी नगरपालिकाले मदर्शा सहित १७ वटा विद्यालय, धनपालथान गाउँपालिकाले १० वटा विद्यालय, बुढीगंगा र जहदा गाउँपालिकाले ३–३ विद्यालय, कटहरी र ग्रामथानले ४–४ वटा विद्यालय, कानेपोखरी र केराबारीले १–१ वटा विद्यालयमा क्वारेन्टाईन बनाएका छन् ।

मोरंगको सुन्दरहरैचाले क्वारेन्टाईन विद्यालयमा बनाएको छैन । उसले सामुदायिक भवनमा क्वारेन्टाईन बनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३