प्रकाशित : १८ श्रावण २०७७, आईतवार ०६:४४


विराटनगर १८ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ८७ हजार पुगेको छ । आज विहान सम्म विश्वभर ६ लाख ८७ हजार ६ सय ८९ जनाको मृत्यु भएको छ ।
२४ घण्टामा विश्वभर ५ हजार २ सय ६८ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ७९ लाख ८९ हजार पुगेको छ । विश्वभर २ लाख ३७ हजार नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये १ करोड १३ लाख ९ हजार बढि उपचारपछि निको भएका छन् । ६५ हजार ६ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५७ हजार ८ सय पुगेको छ ।
संक्रमितको संख्या ४७ लाख ६२ हजार नाघेको छ । ब्राजिलमा २७ लाख ८ हजार बढी संक्रमित हुँदा ९३ हजार ६ सय बढीको ज्यान गएको छ । भारतमा १७ लाख ५१ हजार ९ सय १९ जना संक्रमित भएका छन् ।
कोरोना संक्रमणबाट ३७ हजार ४ सय ३ जनाको मृत्यु भएको छ । भारतमा ५४ हजार ८ सय ६५ नयाँ संक्रमित थपिएका छन् । रसियामा ८ लाख ४५ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १४ हजार बढीको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ५ लाख ३ हजार बढी कोरोना संक्रमित मध्ये ८ हजार १ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ४ लाख २४ हजार नाघेको छ ।
मेक्सीकोमा ४६ हजार ६ सय बढीले ज्यान गुमाएका छन् । पेरुमा ४ लाख १४ हजार संक्रमित हुँदा १९ हजार २ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ५७ हजार बढी संक्रमित मध्ये ९ हजार ५ सय बढीले ज्यान गुमाएका छन् ।