प्रकाशित : १७ श्रावण २०७७, शनिबार २१:१४


विराटनगर १७ साउन । प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएका छन् । इलाममा १७ र झापामा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
इलामको इलाम नगरपालिकामा १७ जना पुरुष र झापाको विर्तामोडमा १ महिला र १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो । प्रदेश १ मा आज सम्म कोरोना संक्रमितको संख्या १ हजार ४४ पुगेको छ । प्रदेश १ मा आज २५ जना डिस्चार्ज भएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत २५ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाका ७, ओखलढुङ्गा र मोरंगका ५–५, सुनसरी र धनकुटाका ३–३, सोलुखुम्वु र इलामका १–१ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय १४ पुगेको छ ।
प्रदेश १ मा आज ७ सय ५ जनाको कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।