प्रकाशित : १६ श्रावण २०७७, शुक्रबार १७:३९


विराटनगर, १६ साउन । विराटनगर महानगरपालिकाले कोभिड–१९ संक्रमण समुदायमा फैलिन नदिन आज मध्यरातीदेखि नगरक्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ ।
महानगरस्तरिय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसीएमसी)को आज वसेको वैठकले नगर क्षेत्रमा समुदायस्तरमा संक्रमितहरु वृद्धि भइरहेको अवस्थामा त्यसको नियन्त्रण ए रोकथाम लागि दुईसाताका लागि महानगर क्षेत्रभित्र लागु हुने गरि लकडाउनको निर्णय गरिएकोे महानगर प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।
लकडाउनको अवधिमा खाद्यान्न, तरकारी तथा फलफूल पसलहरु (पुरानो र नयाँ गुद्री बजार वाहेक) औषधि पसल, दूध, पानी, ग्याँस/इन्धन, अक्सिजन, वारुणयन्त्र सेवा, एम्वुलेन्स, अस्पताल तथा नर्सिङ्ग होम (वहिरङ्ग सेवा वाहेक), आइसिपिवाट आउने–जाने मालवाहक सवारी साधनहरु, सरफाईकर्मी, स्वास्थ्यकर्मी, सञ्चार लगायत अत्यावश्यक वाहेक अन्य सम्पूर्ण सेवाहरु महानगर क्षेत्रभित्र बन्द गरिएको महानगरपालिकाले जनाएको छ ।
विराटनगरमा आज सम्म १ सय ७ जना संक्रमित भएका छन् ।