प्रकाशित : १६ श्रावण २०७७, शुक्रबार १५:३९

विराटनगर, १६ साउन । प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
झापामा १३, मोरंगमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो ।
झापाको मेचीनगरमा ११ पुरुष २ महिला, विराटनगरमा ६ पुरुष ५ महिला, सुनबर्षीमा १ महिला, इलामको इलाम नगरपालिकामा ५ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा. मेहताले बताउनुभयो । प्रदेश १ मा कोरोना सक्रमितको संख्या १ हजार २४ पुगेको छ ।
प्रदेश १ मा आज ६ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको छ । आज परीक्षण गरिएका मध्ये ८ महिला र २३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३