प्रकाशित : १६ श्रावण २०७७, शुक्रबार ०६:३८

विराटनगर, १६ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ७५ हजार पुगेको छ । आज विहान सम्म विश्वभर ६ लाख ७५ हजार ५ सय २५ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा विश्वभर ५ हजार ९ सय ५९ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ७४ लाख ५१ हजार पुगेको छ । विश्वभर २ लाख ७३ हजार ९ सय ३६ नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमित भएका मध्ये १ करोड ९ लाख १९ हजार बढि उपचारपछि निको भएका छन् । ६६ हजार ४ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५५ हजार पुगेको छ । संक्रमितको संख्या ४६ लाख ३६ हजार नाघेको छ । ब्राजिलमा २६ लाख १३ हजार बढी संक्रमित हुँदा ९१ हजार ३ सयको ज्यान गएको छ ।

भारतमा १६ लाख ३९ हजार ३ सय ५० जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ३५ हजार ७ सय ८६ जनाको मृत्यु भएको छ । भारतमा ५४ हजार ९ सय ६६ नयाँ संक्रमित थपिएका छन् । रसियामा ८ लाख ३४ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १३ हजार ८ सय पुगेको छ । दक्षिण अफ्रिकामा ४ लाख ८२ हजार बढी कोरोना संक्रमित मध्ये ७ हजार ८ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ४ लाख ८ हजार नाघेको छ ।

मेक्सीकोमा ४५ हजार ३ सय बढीले ज्यान गुमाएका छन् । पेरुमा ४ लाख संक्रमित हुँदा १८ हजार ८ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ५१ हजार बढी संक्रमित मध्ये ९ हजार ३ सय बढीले ज्यान गुमाएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३