प्रकाशित : १६ श्रावण २०७७, शुक्रबार ०६:३७

विराटनगर, १६ साउन । गएराती कोशी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा–१ मा यात्रु बहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ ।

विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको बस राती साढे ८ वजेतिर आरती स्ट्रिप्स अगाडि दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले बताउनुभयो । उहाँकाअनुसार लेन छुट्याउन सडकको बीचमा राखिएको डिभाइडरमा ठोक्किएर बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेर पाँच जना घाइते भएका मध्ये करिव ३० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको पहिचान खुलेको छैन । उनको साथबाट परिचय खुल्ने कुनै पनि कागजपत्र फेला नपरेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा घाइते अवस्थामा भेटिएका उनलाई उपचारका लागि टंकीसिनवारीस्थित विराट टिचिङ अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेको प्रनि पोदारले बताउनु भयो । परिचय नखुलेकी करिव ४५ वर्षीया महिलाको पनि विराटमै उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका अन्य तीन जनाको भने परिचय खुलेको छ ।

घाइते भएका २५ वर्षीय रामकुमार राई, २८ वर्षीय कल्पना राई र ३५ वर्षीया मुना राईको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीनै जना भोजपुरको रामप्रसाद राई गाउँपालिकाका बासिन्दा रहेको खुलेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३