प्रकाशित : १५ श्रावण २०७७, बिहीबार १७:१४

विराटनगर, १५ साउन । कोशी अस्पताल विराटनगरमा कार्यरत थप दुई जना स्वास्थ्यकर्मीमा विहिबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडी (बहिरंग) विभागको सेवा बन्द गरिएको छ ।

कोरोनाबाट यसअघि कोशीका २ जना स्वास्थ्यकर्मी संक्रमित भएका थिए । कोशीकै ल्याबमा परीक्षण गर्दा ओपीडी विभागकी इन्चार्ज रहेकी नर्सिङ स्टाफ र नाक, कान तथा घाँटी रोग विभागमा कार्यरत पारमेडिक्समा संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए ।

अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या थपिँदै गएपछि अनिश्चितकालका लागि ओपीडीबाट प्रदान गरिँदै आएका सेवा बन्द गर्नु परेको हो । अर्को सूचना जारी नहुनजेलसम्मलाई सेवा बन्द गरिएको उनको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३