प्रकाशित : १४ श्रावण २०७७, बुधबार २२:०९

विराटनगर, १४ साउन । कोरोना संक्रमण पुष्टि भएको १९ घण्टापछि मोरङको सुनबर्षीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । उनको आज अपरान्ह ४ वजे मृत्यु भएको हो ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङ, सुनवर्षी नगरपालिका–८ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय, मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

१२ दिनअघि भारतबाट फर्किएर स्थानीय क्वारेन्टिनमा रहेका उनी छातिमा समस्या देखिएपछि हिजो विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार गर्न आएका थिए ।

उनलाई सामान्य उपचारपछि त्यहाँबाट कोशी अस्पताल रेफर गरिएको थियो। हिजै कोशी अस्पताल भर्ना भएका उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको र त्यसक्रममा स्वाब संकलन गरिएको थियो । उनको गएराती ९ वजे कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि उनलाई आज विहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३