प्रकाशित : १४ श्रावण २०७७, बुधबार २१:५३

विराटनगर, १४ साउन । प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले अत्यावस्यक काम बाहेक घर बाहिर ननिस्कन प्रदेशवासीमा आग्रह गर्नु भएको छ । उहाँले आँफु बच्ने र अरुलाई बचाउने कार्यमा लाग्न आग्रह गर्नु भएको छ ।

सामाजिक तथा भौतिक दुरी कायम गरि दैनिक सरसफाईमा ध्यान पुर्याउन सके आँफु पनि बच्न र अरुलाई पनि बचाउन सकिने भएकाले सरकारी निकायले जारी गरेका आचारसंहिता पालना गर्न प्रदेश प्रमुख अधिकारीले जोड दिनु भएको छ ।

एक विज्ञप्ती निकाल्दै उहाँले कोरोना भाईरसको महामारीसँगै प्रदेश १ का विभिन्न स्थानमा प्राकृतिक विपत्तिको चपेटामा परि ठुलो धनजनको क्षति भईरहेको र भईपरि आउने समस्यासँग जुध्न संवन्धित निकायले लिएको पहलकदमीलाई शसक्त रुपमा लैजान प्रदेश प्रमुख अधिकारीले आग्रह गर्नु भएको छ ।

उहाँले जीवन रक्षाका लागि अत्यावस्यक खाध्यपदार्थ, स्वास्थ्य सामाग्री र विपद् व्यवस्थापनमा ध्यान दिन सरोकारवाला पक्षलाई अपिल गर्नु भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३