प्रकाशित : १४ श्रावण २०७७, बुधबार १८:४९

विराटनगर, १४ साउन । प्रदेश १ मा आज ९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ३ पुरुष, १ महिला, मिक्लाजुङमा २ पुरुष, सुनबर्षीमा १ पुरुष, रंगेलीमा १ महिला र सुनसरीको धरानमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताउनुभयो ।

१ मा कोरोना संक्रमितको संख्या ९ सय ७५ पुगेको छ । प्रदेश १ मा आज ८ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये २ महिला र ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा.मेहताले बताउनुभयो ।

प्रदेश १ मा आज सम्म ४१ हजार ७ सय १० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३