प्रकाशित : १४ श्रावण २०७७, बुधबार १८:४७

विराटनगर, १४ साउन । ग्रेड डिल्स ९९ ले अनलाईन व्यापार शुरु गरेको छ । विराटनगरका उपभोक्तालाई केन्द्रित गरेर भोली देखि अनलाईन व्यापारको औपचारिक शुरुवात गरिने ग्रेड डिल्सका प्रवन्ध निर्देशक प्रशान्त ठाकुरले बताउनुभयो ।

कोरोना भाईरसको प्रभावका कारण उपभोक्ता बजारसम्म गएर दैनिक उपभोग्य सामान खरिद गर्दा जोखिम हुने देखिएकाले अनलाईन व्यापार मार्फत उपभोक्ता समक्ष खाध्य सामाग्री पुर्याईने लक्ष्य रहेको प्रवन्ध निर्देशक ठाकुरले बताउनुभयो ।

दैनिक उपभोग्य सामाग्रीहरु उपभोक्ताले मोवाईलबाटै अर्डर गर्न सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार एक हजार भन्दा माथिको खरिदमा डेलिभरी शुल्क लाग्ने छैन । प्रत्येक एक हजारको खरिदबाट एक रुपैयाँ बालबालिका र जेष्ठनागरिकको संस्थाहरुलाई सहयोग गरिने प्रवन्ध निर्देशक ठाकुरले बताउनुभयो ।

विराटनगरबाट सेवा शुरु गरेको ग्रेड डिल्सले चाँडै प्रदेश १ भरि व्यापार विस्तार गर्ने लक्ष्य रहेको बताएको छ । ५ सय बढी स्वदेशी तथा विदेशी उत्पादनहरु उपभोक्ता समक्ष पुर्याईने बताईएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३