प्रकाशित : १४ श्रावण २०७७, बुधबार ०६:३३

विराटनगर, १४ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ६२ हजार पुगेको छ । आज विहान सम्म विश्वभर ६ लाख ६२ हजार ८५ जनाको मृत्यु भएको छ । २४ घण्टामा विश्वभर ५ हजार २ सय ७५ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ७४ हजार पुगेको छ ।

विश्वभर २ लाख ३८ हजार ४ सय ५५ नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये १ करोड ४ लाख ३३ हजार बढि उपचारपछि निको भएका छन् । ६६ हजार ६ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५२ हजार २ सय पुगेको छ । संक्रमितको संख्या ४४ लाख ९५ हजार नाघेको छ । ब्राजिलमा २४ लाख ८४ हजार बढी संक्रमित हुँदा ८८ हजार ६ सयको ज्यान गएको छ ।

भारतमा १५ लाख ३२ हजार १ सय ३५ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ३४ हजार २ सय २४ जनाको मृत्यु भएको छ । भारतमा ४९ हजार ६ सय ३२ नयाँ संक्रमित थपिएका छन् । रसियामा ८ लाख २३ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १३ हजार ५ सय पुगेको छ । दक्षिण अफ्रिकामा ४ लाख ५९ हजार बढी कोरोना संक्रमित मध्ये ७ हजार २ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ३ लाख ९५ हजार नाघेको छ ।

मेक्सीकोमा ४४ हजार बढीले ज्यान गुमाएका छन् । पेरुमा ३ लाख ८९ हजार संक्रमित हुँदा १८ हजार ४ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ४९ हजार बढी संक्रमित मध्ये ९ हजार २ सय बढीले ज्यान गुमाएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

ar[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३