प्रकाशित : १४ श्रावण २०७७, बुधबार ०६:३१

विराटनगर, १४ साउन । प्रदेश १ मा ४ जिल्लाका २० वटा स्थानीय तह कोरोना भाईरसको जोखिममा रहेका छन् । भारतसँग सिमा जोडिएका ४ जिल्लाका स्थानीय तहहरु कोरोना संक्रमणको जोखिममा रहेका छन् ।

मोरंगका १७ वटा स्थानीय तह मध्ये ६ वटा, सुनसरीका १२ वटा स्थानीय तह मध्ये ५ वटा, झापाका १५ वटा स्थानीय तह मध्ये ५ वटा र इलामका १० वटा स्थानीय तह मध्ये ४ वटा स्थानीय तहलाई जोखिमको सूचीमा राखिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख एवं प्रवक्ता डा. सुरेश मेहताले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारले मोरंगको विराटनगर, जहदा, धनपालथान, रंगेली, सुनबर्सी, रतुवामाई, सुनसरीका कोशी, भोक्राहा नर्सिङ, हरिनगर, कप्तानगञ्ज, बर्जु, झापाको मेचीनगर, भद्रपुर, कचनकबल, झापा गाउँपालिका, गौरिगंज, इलामको रोङ, सुर्याेदय माइजोगमाई र सन्दकपुरलाई जोखिमको सूचीमा राखेको छ । डा. मेहताले उदयपुर जिल्ला पनि जोखिमको सूचीमा रहेको बताउनुभयो । भारतसँग सीमा जोडिएको प्रदेश २ का सिरहा र सप्तरी जिल्लासँग जोडिएको र झापा, मोरंग र सुनसरी पछि बढी संक्रमित भएको जिल्ला भएकाले उदयपुर पनि जोखिमको सूची रहेको डा. मेहताले बताउनुभयो ।

प्रदेश १ मा भारतबाट स्वदेश फर्किएकाहरुमा बढी कोरोना संक्रमण देखिएको छ । प्रदेश १ मा देखिएको संक्रमण मध्ये ६८ प्रतिशत भारतबाट आएकाहरु रहेका छन् । भारत बाहेकका देशबाट आएकामा १८ प्रतिशत संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. मेहताले नेपालमै संक्रमण देखिएका १४ प्रतिशत रहेका छन् । प्रदेश १ मा देखिएका ९ सय ६६ कोरोना संक्रमित मध्ये अधिकांशमा कोरोना लक्षण देखिएको छैन । सामाजिक विकास मन्त्रालयका अनुसार अहिले सम्म संक्रमण देखिएका मध्ये १३ प्रतिशतमा मात्र लक्षण देखिएको छ । कोरोना लक्षण नदेखिएकाहरु ८७ प्रतिशत छन् ।

प्रदेश १ मासंक्रमितको संख्या बढेसँगै परीक्षणको दायरा बढाईने भएको छ । थप २ वटा पीसीआर मेसिन सहित ४ वटा प्रयोगशाला सञ्चालन गरिने भएको छ । ४ वटा प्रयोगशालाबाट दैनिक १ हजार ३ सयको परीक्षण हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा अहिले दैनिक करिव ८ सयको परीक्षण हुँदै आएको छ ।

मन्त्रालयले परीक्षणको दायरा बढाएसँगै उच्च जोखिममा रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, भिडभाड हुने ठाउँ, औधोगिक क्षेत्रहरु, जनसम्पर्क धेरै हुने कार्यालयहरु, सिटि रिक्सा चालकहरु र क्वारेन्टाइनमा बसेका र तिनीहरुको सम्पर्कमा आएकाहरुमा पहुच बढाउने मन्त्रालयका प्रवक्ता डा. मेहताले बताउनुभयो । खोजपडताल, द्रुत कार्य र इन्भेष्टिगेसन र कन्ट्याक ट्रेसिंगलाइ थप सुधार गर्दै लैजाने, सबै पालिकाहरुमा केश इन्भेस्टिगेसन र कन्ट्याक ट्रेसिंग टिम गठन गर्ने र टिमहरुको क्षमता विकास गरिने उहाँले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३