प्रकाशित : १२ श्रावण २०७७, सोमबार १७:३४

विराटनगर, १२ साउन । प्रदेश १ मा आज २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १९, झापामा २, पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५ महिला, २ पुरुष, रतुवामाईमा १२ पुरुष, झापाको बार्हदशीमा २ पुरुष, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमणको संख्या ९ सय ४५ पुगेको छ । प्रदेश १ बाट ७ सय ४७ जना डिस्चार्ज भईसकेका छन् । प्रदेश १ मा आज ५ सय १८ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा आज सम्म ४० हजार १८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताउनुभयो ।

प्रदेश १ को झापा जिल्लामा सवैभन्दा बढी कोरोना संक्रमण देखिएको छ । झापामा ३ सय ४१, मोरंगमा २ सय ६६, सुनसरीमा १ सय २७, उदयपुरमा ८६, इलाममा ३५, ओखलढुङ्गा र धनकुटामा १६–१६, खोटाङमा १२, ताप्लेजुङमा ११, तेर्हथुममा ८, पाँचथरमा ७, भोजपुरमा ६, सोलुखुम्वु र संखुवासभामा ५–५, प्रदेश १ बाहेकका जिल्लाका ४ जना गरि संक्रमितको संख्या ९ सय ४५ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३