प्रकाशित : १२ श्रावण २०७७, सोमबार १७:३३

काठमाडौं, १२ साउन । ‘सर्पभन्दा पहिले बाहुन मार्नुपर्दछ’, भन्दै आफ्ना सम्पादकलाई लक्षित गरेर दिइएको धम्की यतिबेला अन्नपूर्ण पोस्टमा निक्कै चर्चित छ ।

यही धम्कीका कारण धेरै उथलपुथल पनि भयो । यस्तै एउटा गोलचक्करमा फसेको अन्नपूर्ण पोष्ट दैनिक पछिल्लो समय लयमा फर्कने प्रयास गरिरहेको छ । मध्य लकडाउनमा प्रधानसम्पादक हरीबहादुर थापाले राजीनामा दिनुभयो । पत्रकारलाई तलव नदिएका कारण राजीनामा दिएको बताएपनि तथ्य फरक रहेको अन्नपूर्ण स्रोतले बतायो ।

हरिबहादुर थापा अन्नपूर्णपोष्टबाट विदा भइसके तर उनले जन्माएको गुट र समस्या अहिले पनि पत्रिकाभित्र कायमै रहेको छ । थापा र सम्पादक अखण्ड भण्डारीबीच झण्डै एक बर्षदेखि जुहारी चलिरहेको थियो । भण्डारीलाई तह लगाउन र अन्नपूर्णपोष्टबाट निकाल्न उहाँले पत्रकारहरुको सक्रिय गुट पनि बनाउनु भएको थियो । गुटमा लाग्ने पत्रकारहरुको अहिले बिचल्ली भएको छ ।

थापा र भण्डारीबीच झण्डै एक बर्षदेखि जुहारी चलिरहेको थियो । थापाका गुटमा लाग्ने कतिपय पत्रकारले भण्डारीको हत्या गर्नेसम्मको धम्कि दिएका थिए । थापाको गुटमा सक्रिय एक पत्रकारले आन्तरिक डेस्क एपमा घुमाउरो तरिकाले भण्डारीलाई हत्या गर्ने धम्की दिएका थिए । ‘पर्न त आफूपनि जन्मले बाहुन परियो, बेहोरा क्षेत्री जस्तो छ, के गर्नु । पञ्चायतकालमा मन्त्री भएका, शिक्षक संघका अध्यक्षसमेत रहेका गोरेबहादुर खपांगीको भनाई सम्झाना भइरहेछ । उनी भन्थे वाटोमा सर्प र बाहुन एकैसाथ भेटिए पहिले बाहुन मार्नु, त्यो सर्पभन्दा बिखालु र घातक हुन्छ । नभन्दै अहिले आएर हो जस्तो लाग्न थाल्यो। ’ डेस्क एपमा थापा समूहका एक पत्रकारले लेखेका थिए ।

भण्डारीले आफूविरुद्ध जथाभावि लेख्ने र हत्याको धम्की दिने ६ पत्रकारलाई कारबाहीको माग राखेर व्यवस्थापनलाई उजुरी दिनु भएको थियो । अध्यक्ष रामेश्वर थापाले कारबाहीका लागि प्रधानसम्पादक हरिबहादुर थापालाई जिम्मा दिनुभयो । तर थापाले कारबाही गर्नुभएन । भण्डारीलाई हटाउन थापाले अनेक प्रपन्च रच्नुभयो । कामविहीन बनाउनेदेखि पत्रकार भड्काउनेसम्मको खेल खेले । करिव ७ महिनाअघि सम्पादकका रुपमा काम नगर्न भण्डारीलाई दर्जनौ इमेल लेखे । तर भण्डारीले इमेलकै आधारमा काम रोक्नु भएन । डेस्क सर्भरको पुहुँचबाट भण्डारीलाई हटाउन आइटीलाई निर्देशन पनि दिए । तर आइटीले प्रधानसम्पादको निर्देशन टेरेन ।

प्रधानसम्पादक थापा यतिमै रोकिनु भएन । अध्यक्ष रामेश्वर थापासँग पनि कुरा लगाए । ‘अखण्डले काम गरेन, साँँझको ६ बज्दा नबज्दै घरतिर हिँड्छ, उसलाई विदा गर्नु पर्यो’ हरिबहादुरले रामेश्वरलाई भने । अध्यक्ष रामेश्वरले पनि काम नगर्ने भए प्रक्रिया मिलाएर विदा गर्नुहोस् भन्ने जवाफ पनि दिनुभयो ।

भण्डारीलाई ‘प्रक्रिया मिलाएर विदा गर्नुहोस’ भनेका अध्यक्ष थापाले सम्पादकीय कक्षको अनुगमन थाल्नुभयो । एकदिन राति १० बजे आकस्मिकरुपमा अध्यक्ष थापा सम्पादकीय कक्षमा पुगे । तर दुर्भाग्य त्यहाँ प्रधानसम्पादक थापा र उनी निकट डेस्क प्रमुख कोही पनि भेटिएनन् । सम्पादक भण्डारी आफ्नो कक्षमा काम गरिरहेको देखिए । सम्पादन कक्षको आकस्मिक अनु्गमन गरेका अध्यक्ष थापाले विभिन्न बहानामा निरन्तर अनुगमण्म गरिरहनुभयो । तर त्यहाँ भण्डारी मात्र भेटिन थाले । भण्डारीले काम गर्दैनन् भन्ने आरोप असत्य सावित भयो ।

कोरोना संक्रमणकै बीचमा एकदिन अध्यक्ष रामेश्वर थापाले बैठक बोलाउनुभयो । बैठकमा सम्पति भएपनि नगद अभावका कारण तलव दिन र पत्रिका चलाउन कठिन भएको बताए । प्रधानसम्पादन, सम्पादक र सवै ब्यूरो प्रमुख उपस्थित बैठकमा केही पत्रकार नहटाउने र सम्पादकदेखि सवैको तलवमा ५० प्रतिशत तत्काल कटौती गर्ने सहमति भयो । २० हजारभन्दा कम कसैको नहुनेगरी लकडाउन अवधिको तलव घटाउन सम्पादक मण्डल र व्यवस्थापकबीच सहमति भयो ।

कार्यरत कुनै पनि पत्रकार नहटाउने निर्णय हुँदाहुँदै प्रधानसम्पादक थापाले सम्पादक अखण्ड भण्डारीसहित ५ पत्रकारलाई हटाउन सिफारिस गर्नुभयो । वर्षाैदेखि काम गरिरहेका र राम्रो नतिजा दिइरहेका कम्यूनिष्ट निकटका पाँच पत्रकार हटाउन सिफारिस गरेपछि समस्या उत्पन्न भएको त्यहाँ कार्यरत एक पत्रकारले बताए । त्यसपछि अन्नपूर्णपोष्टभित्रको गुटबन्दी विस्फोटमा परिणत भयो, नतिजा हरिबहादुर प्रधानसम्पादकबाट बाहिरिए ।

थापा प्रधानसम्पादकबाट विदा भएपनि ६ जनामाथीको कारवाही मुलतविमा थियो । भण्डारीले सम्पादक समुहको नेतृत्व लिएपछि १४ जना रहेको विशेष ब्यूरो बनाए । ब्यूरोमा ती ६ जनालाई पनि राखे । उनीहरुलाई जिल्ला पठाउने निर्णय गरे ।

अन्नपूर्णपोष्ट दैनिकभित्रको यही गोलचक्करलाई लिएर पत्रकार महासंघले तथ्य नबुझी सम्पादक हटाउने धम्की दियो । त्यहाँ कार्यरत पत्रकारहरुको पेशागत सुरक्षामा लाग्ने जिम्मेवारी महासंघको हो तर सम्पादक हटाउन अनसन गर्ने निर्णय राजनीतिक दवाव हो । राजीतिक एजेण्डा बोकेर महासंघको टोली अन्नपूर्णपोष्ट पनि पुगेको थियो । सम्पादक भण्डारीसँगको भेटपछि महासंघले माफी माग्दै अनशन थाल्ने निर्णयबाट पछि हट्यो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३