प्रकाशित : १० श्रावण २०७७, शनिबार १९:०६

विराटनगर, १० साउन । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले योजना अनुगमनलाई निरन्तरता दिनु भएको छ । उहाँले पहिलो चरणमा आफ्नो निर्वाचन क्षेत्र मोरंग ४ (ख) अन्र्तगतका योजनाहरुको अनुगमन सक्नु भएको छ ।

आर्थिक वर्ष २०७६–०७७ मा सांसद विकास कोष अन्र्तगतका योजनाहरुको अनुगमन गरिएको छ । मन्त्री घिमिरेले विराटनगर १, २, ३, ८, १०, कटहरी १, २ र ३ नम्वर वडाका योजनाहरुको अनुगमन सक्नु भएको छ । हरेक शनिबार मन्त्री घिमिरेले योजनाको अनुगमन र निर्वाचन क्षेत्रका बासिन्दासँग छलफल गर्दै आउनु भएको छ ।

कार्यक्रम, योजनाका बारेमा स्थानीयबासीका सुझाव र सल्लाह अनुसारको योजना बनाउने गरेको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले हरेक शनिबार योजना अनुगमन र स्थानीयसँगको छलफल अन्र्तक्रियालाई निरन्तरता दिने बताउनुभयो ।

अनुगमनमा मन्त्री घिमिरेसँगै स्थानीयवासी, उपभोक्ता समितिका सदस्यहरु पनि सहभागी हुने गरेका छन् । सामाजिक विकास मन्त्री घिमिरेले आज विराटनगर १ अन्र्तगतका कार्यक्रम तथा योजनाहरुको अनुमगनका साथै जेष्ठ नागरिकहरुसँग छलफल पनि गर्नु भएको छ । जेष्ठ नागरिकहरुले जेष्ठ नागरिक दिवा केन्द्र सञ्चालनका लागि वजेट उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए । मन्त्री घिमिरेले विराटनगर १ मा बाढीले कटान गरेको स्थानको पनि अनुगमन गर्नुभएको छ । कटानले स्थानीय मञ्जु अधिकारीको घरमा क्षति पुगेकाले कटान नियन्त्रणका लागि ५ लाख उपलब्ध गराईएको छ ।

सांसद विकास कोष अन्र्तगत गत आर्थिक वर्षमा वडा नं. १ मा विष्णुमायाँ सामुदायिक भवनका लागि १५ लाख, विजयपुर टोल हुँदै जानकी मार्गमा वाल र तथा ग्राभेल सडकका लागि ५ लाख, चिनारी मार्ग पिच सडकका लागि १५ लाख, चिनारी मार्ग रिटेनिङ वाल निर्माणका लागि ७ लाख, शिव मार्ग नाला र ढलानका लागि ७ लाख ५० हजार, जेष्ठ नागरिक दिवा केन्द्र सञ्चालनका लागि २ लाख, शिव आधारभुत विद्यालयको घेरावाराका लागि ५ लाख, राधाकृष्ण भूपालमानसिंंह कार्की माविमा सूचना प्रविधि कार्यक्रमका लागि ६ लाख ५० हजार, पाथिभरा मन्दिर जाने सडक निर्माणका लागि २० लाख, दुर्गा मन्दिर जाने सडक निर्माणका लागि ४५ लाख वजेट विनियोजन गरिएको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार गत आर्थिक वर्षका योजनाहरु सम्पन्न भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३