प्रकाशित : ८ श्रावण २०७७, बिहीबार १९:३८

विराटनगर, ८ साउन । चार महिनाको बन्द पछि बिराटनगरमा सवारी साधन संचालनमा आएको छ । यातायातका साधनहरु पुर्वको उर्लाबारी ,पश्चिमको कोशी कटान र उत्तर धरान सम्म चल्न थालेका छन ।

सरकारले असार २६ गते देखिनै काठमाडौं उपत्यका भित्र र अन्य ठाँउका सम्बन्धि जिल्ला भित्र सार्वजनिक यातायात संचालन गर्न अनुमती दिए पनि बस संचालकहरुले विभिन्न माग राख्दै यातायात संचालन गर्न अस्विकार गर्दै आएका थिए । तर साउन ६ गते नेपाल यातयात ब्यबसायी राष्ट्रिय महासंघ्र यातायात मजदुरको ट्रेड युनियनले काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरि साउन ८ गते देखि सार्वजनिक यातायात संचालन गर्ने घोषणा संगै बिराटनगरमा हिजो देखिनै फाट्टफुट्ट यातायात चलाउन सुरु गरे पनि आज पुर्ण रुपले संचालनमा ल्याएका छन ।

हिजो २० वटा यातायात संचालन गरिएका थिए भने आज हरेक २० मिनेटको अन्तरालमा बस चलिरहेको ट्राफिक प्रहरीले जनाएको छ । सरकारले तोके अनुसार भाडाको ५० प्रतिशत वृद्धि गरेर यात्रु क्षमता भन्दा आधा घटाएर समाजिक दुरि कायम गर्दै सेनिटायजर र माक्सको प्रयोग गर्दै यातायात संचालन गरि रहेको यातायातका संचालकहरुले बताएका छन ।

यात्रुहरुले भने स्बयम पनि सुरक्षा अपनाएर हिड्ने गरेको बताउदै जोखिम भने यथावत रहेको बताएका छन ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३