प्रकाशित : ७ श्रावण २०७७, बुधबार १६:२०

विराटनगर, ७ साउन । प्रदेश १ मा आज सम्म कोरोना संक्रमितको संख्या ८ सय ३५ पुगेको छ । आज ११ जना कोरोना संक्रमित थपिएका छन् ।

सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, मोरंगको विराटनगरका ३ पुरुष, ताप्लेजुङको सिरिजङ्गाका २ र पाथिभराका १ पुरुष र झापाको शिवसताक्षीमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा आज ३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २ पुरुष र १ महिला डिस्चार्ज भएको अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताउनुभयो ।

प्रदेश १ मा आज ५ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना परीक्षण गरिएका मध्ये ३६ हजार ७ सय ६६ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३