प्रकाशित : ६ श्रावण २०७७, मंगलवार १८:२३

विराटनगर, ६ साउन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मोरंगले कृषकलाई १ करोड १४ लाखको आधुनिक यन्त्र वितरण गरेको छ ।

आधुनिक यत्रको प्रयोग गरि उत्पादन वृद्धि गर्नुका साथै व्यवसायीकारण गर्नका लागि विभिन्न कृषि उपकरण वितरण गरिएको परियोजनाले जनाएको छ ।

मोरङका माछा तथा धान जोनमा आवद्ध किसानलाई कृषिका आधुनिक उपकरणहरु माछा जोनमा आवद्ध १६ जना किसानलाई ३४ लाख बरावरको माछा पोखरीमा पानी पटाउन एक/एक थान मोटर पम्प, माछा तौल गर्न ४१ जना किसानलाई डिजिटल काँटा, ५९ जना किसानलाई पानी मापनका लागी पिएच मिटर तथा माछालाई अक्सिजन प्रदान गर्न छ वटा एरियेटर लगायतका उपकरण प्रदान गरिएको हो । धान जोनसँग आवद्ध किसानले प्रयोग गर्ने गरी ८० लाख मूल्य बरावरको एउटा कम्पाइण्ड हार्वेष्टर, दुईटा ट्रयाक्टर, दुईटा ट्रलि, दुईटा रोटाभेटर, दुईटा कल्टीभेटर र दुईटा केजविल वितरण गरिएको हो ।

एउटा हार्वेष्टरले प्रतिघण्टा १५ कठ्ठा जग्गामा रहेको धान, गहुँ र मकै कटाइ, दाउनी र वोरामा प्याक गर्ने परियोजना इकाई कार्यालयका प्रमुख विनोदकुमार मण्डलले वताउनुभयो । हार्वेष्टर लगायतका यन्त्र सहकारी संस्थामार्फत किसानले प्रयोग गर्ने छन् । परियोजनाले ५० प्रतिशत अनुदानमा कृषकलाई ती उपकरण वितरण गरेको हो ।

प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामवहादुर मगरले रुपान्तरण कृषि सहकारी संस्था रतुवामाई–८ का अध्यक्ष गणेश उप्रेतीलाई हस्तान्तरण गर्नुभयोे । मन्त्री मगरले कृषि उपकरणको सही प्रयोगबाट उत्पादनमा वृद्धि गरी मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३