प्रकाशित : ५ श्रावण २०७७, सोमबार १८:४३

विराटनगर, ५ साउन । प्रदेश १ मा ८२.५१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । धान रोपाइँ हुने ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफल मध्ये २ लाख ८१ हजार २ सय २०.७२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको प्रदेश १ कृषि विकास निर्देशनालय विराटनगरका सूचना अधिकारी सरस्वती श्रेष्ठले बताईन । उनका अनुसार आईतबार सम्ममा सवैभन्दा बढी तराईको झापा र हिमाली जिल्लाको सोलुखुम्वुमा धान रोपाइँ भएको छ । दुवै जिल्लामा ९० प्रतिशत धान रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ । झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ ।

झापामा ७८ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । हिमाली जिल्ला सोलुखुम्वुमा १ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये १ हजार ३ सय ७२ हेक्टरमा धान रोपाइँ सकिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

प्रदेश १ को ओखलढुङ्गामा सवैभन्दा कम ५५ प्रतिशत धान रोपाइँ भएको छ । ओखलढुङ्गामा ४ हजार ४ सय ४ हेक्टरमा धान खेती हुने गरेकोमा २ हजार ४ सय २१ हेक्टरमा मात्र धान रोपाइँ भएको छ ।

प्रदेश १ को हिमाली जिल्लामा २४ हजार १ सय १३ हेक्टर क्षेत्रफलमा धान खेती हुदैँ आएको छ । पहाडी जिल्लामा ९० हजार ९ सय १६ हेक्टर क्षेत्रफलमा धान खेति हुने गरेको छ । तराईका जिल्लामा २ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जसमध्ये तराईका जिल्लामा ८६ प्रतिशत अर्थात १ लाख ९३ हजार ५ सय ५५ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ ।

हिमाली जिल्ला ताप्लेजुङमा खेती योग्य जमिन मध्ये ८५ प्रतिशत र संखुवासभामा ७५ प्रतिशत धान रोपाइँ भएको छ । पहाडी जिल्ला पाँचथरमा ७८ प्रतिशत, ईलाममा ७२ प्रतिशत भोजपुरमा ८४ प्रतिशत, तेह्रथुममा ७५ प्रतिशत, धनकुटामा ७० प्रतिशत, उदयपुरमा ७१ प्रतिशत, र खोटाङमा ८० प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

तराईको मोरंगमा ८५ र सुनसरीमा ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिईन । उनका अनुसार विगत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ छिटो भएको छ । मनसुन छिटो शुरु भएकाले समयमै धान रोपाइँ गर्न पाईएको मोरङ उर्लाबारीका किसान मदन दाहालले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३