प्रकाशित : ५ श्रावण २०७७, सोमबार १७:५७

विराटनगर, ५ साउन । प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा २ पुरुष र धरानमा १ महिला १ पुरुष, सोलुखुम्वुमा ४ पुरुष, झापाको कचनकवल र इलामको माईमा १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ५ पुगेको छ ।

प्रदेश १ मा आज ८ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी (उदयपुर)बाट ७ पुरुष र १ महिला डिस्चार्ज भएका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ७ सय १० पुगेको छ ।

प्रदेश १ मा आज ९ सय २८ जनाको कोरोना परिक्षण गरिएको छ । १ सय ८५ महिला र ७ सय ४३ पुरुषको कोरोना परिक्षण गरिएको छ । प्रदेश १ मा आज सम्म ३६ हजार ३ सय ९१ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३