प्रकाशित : ४ श्रावण २०७७, आईतवार ०६:३४


विराटनगर, ४ साउन । विराटनगरमा विद्युतिय तार व्यवस्थित गरिने भएको छ । विराटनगर महानगरपालिका र विद्युत प्राधिकरणबीच भएको छलफलमा महानगरपालिका भित्र अव्यवस्थीत रुपमा रहेका तारलाई व्यवस्थित गर्ने सहमति भएको हो ।
महानगर भित्र विद्युत पहुँच नपुगेका स्थानहरुमा विद्युत विस्तार गर्ने र लो भोल्टेजको समस्या सामधान गरिने भएको छ । विराटनगर महानगरका प्रमुख भीम पराजुली, प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणि पोखरेल, इन्जिनियर अर्जुन थापासहितको टोलीले शनिबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विद्युत उत्पादन निर्देशनालय प्रमुख मदन तिम्सिनासँग छलफल गरेको थियो ।
छलफलमा विराटनगरको विद्युत समस्या समाधानका लागि चालु आर्थिक वर्ष भित्र डिपिआरसहितका काम अघि बढाउने सहमति भएको विराटनगरका मेयर भीम पराजुलीले जानकारी दिनुभयो । छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तत्काल प्राविधिक टोली खटाउने प्रतिबद्दता ब्यक्त गरेका छन् ।