प्रकाशित : ४ श्रावण २०७७, आईतवार ०६:३०


विराटनगर, ४ साउन । मोरङका ६ वटा स्थानीय तहले सयुक्तरुपमा फाहोर मैला व्यवस्थापन, सोलार प्यानलवाट (सौर्य ) उर्जा निकाल्ने र दमकल व्यवस्थापनको काम गर्ने भएका छन् ।
बेलबारी, सुन्दरहरैचा, लेटाङ नगरपालिका, कानेपोखरी र केरावारी गाँउपालिकाले गौरवको आयोजनाका रुपमा तीव वटा योजनालाई अगाडि बढाएका छन् । लिभ्रा टेक्नोलोजि कम्पनी सँगको सहकार्यमा फोहोरवाट मोहर बनाउने, सोलार सौर्यवाट विद्युत उत्पादन गर्ने तथा दमकलको व्यवस्थापन सयुक्तरुपमा गर्ने गरि योजनालाई अगाडि वढाईएको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । योजनाहरुका सम्पन्न पछि स्थानीय तहहरुमा ठुलो परिवर्तन आउने विश्वास गरिएको उहाँले बताउनुभयो ।
बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, लेटाङ नगरपालिकाका प्रमुख शंकर राई, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, केरावारी गाउपालिकाका प्रमुख रोहितबहादुर कार्की, कानेपोखरी गाँउपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले तथा उदयपुरको लिभ्रा टेक्नोलोजि कम्पनिका श्यामराज पान्डे, र सुदिपकुमार चौधरी सहितको टोलिको सक्रियतामा ठुला योजनाहरु भित्राउन लागिएको हो ।
लामो सयम सम्म फोहोर मैला व्यवस्थापनमा समस्या देखिएपछि संयुक्त रुपमा फोहोर मैलालाई व्यवस्थापन गर्ने गरि ६ वटा स्थानीयतहरु जुटिरहेका छन । सोलार प्यानलको प्रयोगवाट आफ्नै पालिकामा सौर्य उर्जा उत्पादन गर्ने गरी समेत नगरपालिका तथा गाँउपालिकाहरु अगाडि बढेको बताइएको छ ।