प्रकाशित : ३ श्रावण २०७७, शनिबार १६:१५

विराटनगर, ३ साउन । प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा ९, तेर्हथुममा २, झापा, इलाम र उदयपुरमा १–१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरंगको मिक्लाजुङमा ६ , उर्लाबारीमा २ र बेलबारीमा १ , तेर्हथुमको लालीगुराँसमा २, झापाको कमल गाउँपालिकामा १, इलामको देउमाईमा १ र उदयपुरको बेल्टारमा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ९० पुगेको छ ।

प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ जना, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा मोरंगका ७, झापा र सुनसरीका ६–६ जना, उदयपुर, तेर्हथुम र इलामका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज हुने सवै विराटनगरका रहेका छन् । उनीहरु असार २३ गते अस्पताल भर्ना भएको अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिनुभयो ।

प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ७ सय २ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३