प्रकाशित : २ श्रावण २०७७, शुक्रबार १८:४८


विराटनगर, २ साउन । एनआईसी एशिया वैंकले विभिन्न सूपर चमत्कारिक कर्जा आज विराटनगरमा सार्वजनिक गरेको छ ।
वैंकको प्रदेश कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कोभिड –१९ महामारीबाट प्रभावित हुदै गइरहेको अवस्थामा साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन दिन सूपर घर, व्यवसाय र सवारी कर्जामा ८.२५ व्याज तथा ०.२५ सेवा शुल्क लाग्ने गरी उपलव्ध गराउने प्रदेश प्रमुख दिपक थापाले घोषणा गर्नु भयो ।
उहाँले एक वर्षसम्म निश्चित व्याजदर एवं ग्राहकको चाहना अनुसार किस्ता तय गरी ४८ घण्टा भित्र निर्णय हुने गरी २१ वर्षदेखि ८० वर्षसम्म उमेर समूहले पाँच वर्षदेखि ३० वर्षको समयअवधिका लागि रु ४ लाख देखि दुई करोडसम्म घर,सवारी र व्यवसाय कर्जा उपलव्ध गराउने व्यवस्था रहेको जानकारी दिनु भयो ।
वैंकको अहिले २१ लाख ग्राहकले ३ सय २६ शाखा, ४६४ एटिएम, १०१ एक्स्टेन्सन काउण्टर एवं ६१ बटा शाखा रहित वैंकिङ्ग मार्फत सेवा प्रदान गरिरहेको छ ।
वैंकले गत आर्थिक वर्षसम्म नेपाल सरकारलाई ३ अर्व १५ करोड राजश्व भुक्तानी गरिसकेका विज्ञप्तिमा उल्लेख गरेको छ । वैंकले अन्य कुनै वैंक नभएको दुर्गम जिल्लाहरुका ३४ स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ ।