प्रकाशित : २ श्रावण २०७७, शुक्रबार १८:४५

विराटनगर, २ साउन । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले प्रदेश १ सरकारको कोरोना जनसुरक्षा कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।

शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई सुर्य नेपाल प्रालिका कर्पोरेट उपाध्यक्ष रवि केसीले सहयोग रकम हस्तान्तरण गर्नुभयोे । कोरोनाको महामारीमा योगदान गर्ने उद्देश्यले देशका विभिन्न प्रदेशका सरकारलाई सहयोग गर्दै आएको केसीले जानकारी दिनुभयो । रकम हस्तान्तरण कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की लगायतको सहभागिता थियो । सुर्य नेपालको १ करोडसँगै प्रदेश १ को जनसुरक्षा कोषमा ३४ करोड ६६ लाख ६९ हजार जम्मा भएको छ ।

सूर्य नेपाल प्रालिले कोरोना विरुद्ध लडाईमा सहयोग पुर्याउन सातवटै प्रदेशलाई १–१ करोडको दरले ७ करोड सहयोग गर्ने घोषणा गरेको छ । यसअघि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई १–१ करोडको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि छिट्टै सहायता रकम हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३