प्रकाशित : २ श्रावण २०७७, शुक्रबार १७:२४

विराटनगर, २ साउन । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि आज बिहान खुकुरी प्रहार भएको छ । पटके करको विषयलाई लिएर विवाद हुँदा उनीहरुमाथि पौन १२ बजेतिर खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने केराबारी–१० का ३२ वर्षीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई नियन्त्रणमा लिन नेपाल र सशस्त्र प्रहरीको अलग–अलग टोली परिचालन गरिएको थियो । ठकुरीले गाउँपालिका कार्यालयका सुरक्षा गार्डको खुकुरी खोसेर कार्कीमाथि प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

केराबारी–१० स्थित गाउँपालिकाको कार्यालयमा आइपुग्ने वित्तिकै सुरुमा चक्कु प्रहार गरेका ठकुरीले त्यस लगत्तै सुरक्षा गार्डको खुकुरी खोसेर हानेको प्रहरीले जनाएको छ । चक्कु उनले कहाँबाट ल्याएका थिए भन्ने खुल्न बाँकी छ । घटनामा प्रयोग गरिएको खुकुरी र चक्कु प्रहारीले नियन्त्रणमा लिएको छ । कार्कीको टाउकोमा दुई ठाउँ तथा हात र पेटमा चोट लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । घाइते कार्कीको नोबेल शिक्षण अस्तपाल विराटनगरमा उपचार भईरहेको छ ।

घटनामा संलग्न ठकुरीले आर्थिक वर्ष २०७६÷०७७ को असार मसान्तसम्म गाउँपालिकाको ठेक्का लिएका थिए । साउन १ देखि गाउँपालिका आफैले कर उठाउन थालेपछि सुरु भएको विवादका विषयलाई लिएर कार्कीमाथि खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३