प्रकाशित : २८ असार २०७७, आईतवार १९:०८

विराटनगर, २८ असार । प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुष रहेका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ५ सय ७१ पुगेको छ ।

प्रदेश १ मा आज ३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङको पथरीशनिश्चरेका २ महिला र झापाको कचनकवलका १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकासमन्त्रालयले जनाएको छ ।

प्रदेश १मा कोरोना संक्रमितको संख्या ७ सय २४ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३