प्रकाशित : २७ असार २०७७, शनिबार १६:४४

विराटनगर, २७ असार । राधाकृष्ण मन्दिर समिति विराटनगरले हरेक वर्ष श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट विराटनगरमा निकाल्दै आएको रथयात्राको ५३ औं संस्करण स्थगीत गरिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण आगामी साउन २८ गतेको राधाकृष्ण रथयात्रा निकाल्न असमर्थ रहेको श्री राधाकृष्ण मन्दिर कार्यसमिति अध्यक्ष बाबुराजा ओझाले बताए । आज विराटनगरमा पत्रकार सम्मेलन गरि मन्दिरले विश्वस्वास्थ्य संगठनको निर्देशन अनुसार सामाजिक दुरी कायम गर्नु पर्ने र भीडभाड गर्ने अवस्था नभएकाले रथयात्रा आयोजना गर्ने अवस्था नभएको बताउनुभयो । उहाँले भन्नुभयोे,‘ साउन १५ देखिको झुलन महोत्सव र रथयात्रा आयोजना गर्न समर्थन रह्यौं ।’ मन्दिर समितिले झुलन महोत्सव आन्तरिक रुपमा सम्पन्न गर्ने जनाएको छ ।

वि.स. १९८८ सालदेखि खटयात्राका रुपमा शुरु भएको ऐतिहासिक जात्रा २०२५ सालदेखि राधाकृष्ण रथयात्राका रुपमा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलीपल्ट विराटनगरमा निकालिने गरिएकोे थियो । हरेक वर्ष विराटनगर १ को राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड हुँदै महेन्द्र चोक, धरान रोड, बरगाछीबाट पुनः मन्दिर परिसरसम्म ७ किलोमिटर दूरीमा रथयात्रा निकाल्ने गरिएको छ । रथयात्राको नेपाल र भारतका गरी ५ लाख बढी भक्तजनले प्रत्यक्ष अवलोकन, दर्शन र पूजापाठ गर्ने गरेको मन्दिर कार्यसमिति अध्यक्ष ओझाले बताउनुुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३