प्रकाशित : २६ असार २०७७, शुक्रबार १८:३०

विराटनगर, २६ असार । लगातारको बर्षाका कारण झापा र मोरङका केही क्षेत्र बाढी र डुबानको उच्च जोखिममा परेका छन । मोरङको बिभिन्न १५ स्थानमा सर्तकता अपनाउन नसक्दा यस बर्ष पनि उच्च जोखिममा पर्दै गएका छन् ।

यस्तै झापामा पनि बर्षा थपिदै गर्दा यस पटक पनि बाढी र डुबानको जोखिम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बक्राहा खोलाको कारण यस पटकपनि मोरङका बिभिन्न स्थान डुबानमा पर्न सक्ने भन्दै सर्तक हुन आग्रह गरेको छ ।

मोरङको मिक्लाजुङ वडा नम्बर ६ ,७ र ९ त्यस्तै गरी उर्लाबारी नगरपालिकाको १ नम्बर र ४ नम्बर, पथरी शनीश्चरे नगरपालिकाको ५ नम्बर, सुनवर्षी नगरपालिकाको ३ नम्बर , रतुवामाई नगरपालिकाको १, ५ र ९ नम्बर उच्च जोखिममा रहेका छन् । त्यस्तै लोहन्द्रा खोलाका कारण बेलबारी नगरपालिका वडा नम्बर १, ग्रामथान गाँउपालिका वडा न. ४, कटहरी गाँउपालिका वडा न. ६ उच्च जोखिममा छन । चिसाङ खोलाबाट लेटाङ नगरपालिका वडा न. २ गछिया खोलाले सुन्दर हरैचा नगरपालिका वडा न. ६ र ९ जोखिममा छन ।

जोखिममा रहेको ती स्थानहरुमा खोलाले धार परिर्वतन गरेमा दर्जनौ बस्ती डुबानमा पर्ने भएकाले सर्तकर्ता अपनाउन भनिएको छ । त्यस्तै विराटनगरका १५ , १६ , १७ नम्वर वडाहरु बाढीको जोखिममा छन । जिल्लामा करिब २ लाख घर परिवारहरु बाढी र डुबानको उच्च जोखिममा रहेको बताईएको छ ।

यस्तै झापामा पनि वर्षायाम शुरु भएसंगै कनकाई, विरिङ् , रतुवा, मावा लगायतका खोलाले रौद्र रुप देखाउन थालेका छन् । अहिले पनि झापाका ३८ सय घर परिवार बाढीको उच्च जोखिममा छन् । झापाका १५ स्थानीय तहमध्ये १४ वटा तह मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने गरेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३