प्रकाशित : २५ असार २०७७, बिहीबार १७:२७

विराटनगर, २५ असार । नारी विकास संघ विराटनगरले १ हजार बढी घर परिवारलाई हाईजिन किट वितरण गरेको छ । वल्र्ड भिजनसँगको सहकार्यमा सरसफाई तथा स्वच्छता संवन्धिको हाईजिन किट १ हजार २ सय २ घर परिवारलाई वितरण गरेको हो ।

विराटनगर १९, कटहरी ५ र ६, ग्रामथान १ र २, सुन्दरहरैचा १ र बुढीगंगाा ६ र ७ का सिमान्तकृत तथा गरिव घर परिवारलाई हाईजिन किट वितरण गरिएको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले बताउनुभयो । उहाँका अनुसार हाईजिन किट भित्र सावुन, ब्रस, काईयो लगायतका सरसफाई तथा स्वच्छता संवन्धिका सामाग्री रहेको छ ।

यसैवीच १ हजार २ सय २ जना आरसी (चाइल्ड स्पोन्सरसीप) बालबालिकाहरुलाई पनि विदाई गरिएको छ । वल्र्ड भिजन इन्टरनेशनलको १५ वर्षे कार्यक्रम सकिएसँगै आरसी बालबालिकाहरुलाई पनि विदाई गरिएको कार्यक्रम संयोजक अधिकारीले बताउनुभयो ।

हाईजिन किट वितरण तथा विदाई कार्यक्रममा नारी विकास संघ अध्यक्ष सीता शर्मा, कार्यक्रम संयोजक सरिता अधिकारी, कार्यक्रम अधिकृत हिमान्सु यादव लगायतको उपस्थिति रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३