प्रकाशित : २४ असार २०७७, बुधबार १८:४७


विराटनगर, २४ असार । मोरङको कटहरी गाँउपालिकाका तीन दर्जन बढी जेष्ठ नागरिकहरुलाई विविध सामाग्रि वितरण गरिएको छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत जेष्ठ नागरिकका लागि आवश्यक सामाग्रिहरु वितरण गरिएको हो ।
विराटनगर न्यूज मिडिया ग्रुप प्रालिको आयोजनामा कटहरी २ स्थित आदर्श पुस्तकालय परिसरमा आयोजित कार्यक्रमका बीच कटहरीका ४० जना जेष्ठ नागरीकहरुलाई सम्मान सहित सामाग्रि तथा नगद वितरण गरिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरे, कटहरी गाँउपालिकाका प्रमुख रामकुमार कामत, उपप्रमुख मंजिता सरदार र आयोजक संस्थाका अध्यक्ष मृत्यूञ्जय झाले जेष्ठ नागरीकहरुलाई सामाग्रि हस्तान्तरण गर्नुभयो ।
जेष्ठ नागरीकहरुलाई जुत्ता, छाता, टर्च लाईट, झुल र गम्छा सहित नगद ५ सय समेत प्रदान गरिएको थियो ।
गाँउपालिकाको वडानम्बर १,२ र ३ नम्बर वडाका जेष्ठ नागरीकहरुलाई सम्मान सहित सामाग्रि वितरण गरिएको आयोजक संस्थाले जनाएको छ ।