प्रकाशित : २४ असार २०७७, बुधबार १८:२९

विराटनगर, २४ असार । विराटनगर महानगरपालिका–५ केशलिया खोलाको डिलमा निर्माणाधिन अवस्थामा रहेको हरित पार्क विवादमा तानिएको छ ।

प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५० लाख रुपैयाँको लागतमा आर्थिक वर्षको अन्त्यमा हतारहतार गरेर पार्क निर्माण भइरहेको छ । पार्कको हिसाबकिताब अपारदर्शी रहेको भन्दै उपभोक्ता समितिमा आवद्ध भएकाबीच नै विवाद बढेको छ । मन्त्रालयले उपभोक्ता समिति गठन गर्दै वैशाखमा सम्झौता गरेर पार्क निर्माणको काम अघि बढाएको थियो । खोलाको डिलमा पार्क बनाइएको भन्दै यस अघि नै विरोध भएको थियो ।

खोलाले कटान तीव्र पारेर पार्क निर्माणस्थल बगाउने अवस्था रहे पनि बजेट सक्न धमाधम काम अघि बढाइएपछि स्थानीय असन्तुष्ट र आक्रोसित बनेका छन् ।

स्थानीय अशोक मण्डलले तटबन्ध बनाएर खोलो नियन्त्रण गरेपछि मात्रै पार्क बनाउनु पर्नेमा त्यसो नगरिएको बताउनु भयो । तटबन्ध नगरिएको र पूर्वतर्फ कटान तीव्र पारेका कारण खोलाले पार्क नै बगाउने अवस्था आएको उहाँको भनाइ छ । मनोज खड्काको अध्यक्षतामा उपभोक्ता समिति गठन गर्दै एक विघा १२ कट्ठा क्षेत्रफलमा पार्क निर्माणको काम भइरहेको छ ।

स्थानीय बासिन्दाले पटकपटक जनप्रतिनिधि र मन्त्री समक्ष तटबन्धको कुरा राखिसकेका छन् । मुख्यमन्त्री शेरधन राईदेखि समस्याको बारेमा सुनेका सबैले तटबन्ध बनाउने आश्वासन दिएको लामो समयसम्म पनि कुनै प्रक्रिया भने अघि बढ्न नसकेको स्थानीय डोमा मण्डलले बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३