प्रकाशित : २४ असार २०७७, बुधबार १७:१४

विराटनगर, २४ असार । खैनी उत्पादन र बिक्रीका नाममा मासिक करोडौं राजस्व छली गरे पाईएको छ । चुना मिश्रित तयारी खैनी उत्पादन गर्दै आएका अभिनव सूर्ति उद्योग र गोर्खा टोवाको इण्डष्ट्रिज प्रालीले अन्तःशुल्क स्टिकर प्रयोगलाई लिएर राजस्व छली गरिरहेको पाईएको हो । दुवै उद्योग काठमाडौंका भए पनि उनीहरुले उत्पादन गर्ने खैनीले ६० प्रतिशत हाराहारीको बजार प्रदेश १ मा ओगटेको छ ।

अभिनवले ‘चक्का सुपर पावर’ र गोर्खाले ‘बजरंगी एक्स पावर’ नामको चुना मिश्रित तयारी खैनी बजारमा ल्याएको छ । दुवै उद्योगले चुना मिसाई खाने सूर्तिमा प्रयोग हुने कम दरको अन्तःशुल्क स्टिकर प्रयोग गर्दै करोडौं रुपैयाँ राजस्व छली गरिरहेको फेला परेको छ ।

धेरै गुनासो आएपछि आन्तरिक राजस्व कार्यालय विराटनगरले गरेको बजार अनुगमनका क्रममा पनि खैनी उत्पादन र बिक्रीका नाममा राजस्व छली गरिरहेको पुष्टि भएको छ । खैनी उत्पादन गरेसँगै राजस्व विभागले निर्धारण गरेको प्रति किलोग्रामका दरले शुल्क बुझाएर त्यही अनुसारको स्टिकर प्रयोग गरेपछि मात्रै सामान निकासी गरेर बजारमा लैजान पाइने एक कर्मचारीले बताए । उनकाअनुसार दुवै उद्योगले उत्पादन गरेको चुना मिश्रित तयारी खैनी निकासी गर्न आन्तरिक राजस्व विभागबाट निर्धारण गरिएको ‘ग’ वर्गको ‘गुट्खा, खैनी र पान मसला’ लेखिएको रातो स्टिकर प्रयोग गर्नु पर्छ ।

यसको प्रति किलो छ सय ५० रुपैयाँ राजस्व लाग्छ । तर दुवै उद्योगले चुना मिसाएर खाने सूर्तिमा प्रयोग हुने ‘सूर्ति विविध’ लेखिएको ‘ख’ वर्गको स्टिकर लगाउने गरेको फेला परेको ती कर्मचारीले बताए । दुवै उद्योगले कम दरको वा चुना मिसाई खाने सूर्तिमा लगाउने स्टिकर प्रयोग गर्दै प्रति किलो तीन सय १५ रुपैयाँका दरले राजस्व छली गरिरहेको कार्यालयले अनुगमनका क्रममा फेलापारेको हो ।

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत विमल सापकोटाले खैनी उद्योगले तयारी खैनी उत्पादन गरे पनि चुना मिसाई खाने सूर्तिमा प्रयोग हुने कम दरको स्टिकर टाँसेर आफ्नो उत्पादन बजारमा ल्याउने गरेको पुष्टि भइसकेको बताउनुभयो ।

ठूलो मात्रामा भइरहेको राजस्व छलीको विषयमा राजस्व विभागलाई जानकारी गराउने काम भइरहेको उहाँले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३