प्रकाशित : २४ असार २०७७, बुधबार १६:२८


विराटनगर , २४ असार । प्रदेश १ मा आज १७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३, झापामा ७ र सुनसरीमा २, तेर्हथुममा १, ताप्लेजुङमा २ र इलाममा २ जनामा संक्रमण देखिएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको लेटाङमा एक पुरुष र धनपालथानमा २ पुरुष, झापाको मेचीनगरमा एक महिला, ४ पुरुष, विर्तामोड र हल्दिबारीमा १–१ जना पुरुष, सुनसरीको इटहरीका २ पुरुष, तेर्हथुमको लालीगुराँसमा एक पुरुष, ताप्लेजुङको फुङलिङमा एक महिला, एक पुरुष, इलामको सन्दकपुरमा २ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २ पुगेको छ ।
प्रदेश १ मा आज ४९ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १४ जना र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३५ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकामा ३९ पुरुष र १० महिला रहेका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ५ सय २७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।