प्रकाशित : २३ असार २०७७, मंगलवार १८:४४

विराटनगर, २३ असार । कोशी अस्पताल विकास समितिको अध्यक्षमा विराटनगरका महेश भट्टराईलाई नियुक्त गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट अध्यक्षमा भट्टराई, कोशी अस्पताल विकास समिति सदस्यहरुमा मुकेश बुढाथोकी, देवा यादव र शिल्पा कार्कीलाई नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले बताउनुभयो ।

असार २२ गतेको मन्त्रिस्तरिय निर्णयअनुसार कोशी अस्पताल विकास समिति (गठन) आदेश २०७६ को दफा ३ को उपदफा २ (घ) बमोजिम ३ वर्ष पदावधि रहने गरि नियुक्त गरिएको बताईएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३