प्रकाशित : २३ असार २०७७, मंगलवार १७:११


विराटनगर, २३ असार । नेपाली काँग्रेस मोरंगका २ जना सल्लाहकारले पदबाट राजिनामा दिएका छन् ।
काँग्रेस मोरंगको नेतृत्वले जिम्मेवारी र दायित्व निर्वाह गर्न नसकेको भन्दै सल्लाहकारहरु यदुकुमार विष्ट र मदन संग्रौलाले आज पदबाट राजिनामा दिएका हुन ।
आज बुझाइएको राजिनामा पत्रमा नेतृत्वले जिम्मेवारी र दायित्व निर्वाह गर्न नसक्दा पार्टी दिनदिनै धरासायी बन्दै गएको र नेतृत्वमा दक्षता पनि नदेखिएको उल्लेख छ ।