प्रकाशित : २३ असार २०७७, मंगलवार १५:४९

विराटनगर, २३ असार । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ८५ पुगेको छ । आज ९ जना संक्रमित थपिएका छन् । आज थपिएका मध्ये विराटनगरका ६ जना रहेका छन् । विराटनगरमा मात्र संक्रमितको संख्या २५ पुगेको छ । विराटनगरमा एकैपटक ६ जनामा संक्रमण देखिएको पहिलो पटक हो ।

मोरंगमा ६, सुनसरीमा २ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा २ महिला, ४ पुरुष, सुनसरीको धरानमा एक महिला, एक पुरुष र झापाको बार्हदशीमा एक पुरुष रहेका छन ।

प्रदेश १ बाट आज ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ५ पुरुष र ३ महिला डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरंगका ४ र सुनसरीका ३ जना रहेको उपचार केन्द्र व्यवस्थापन समिति सदस्य ध्रव उरावले जानकारी दिनुभयो । उहाँका अनुसार डिस्चार्ज हुनेहरु ६ वर्षीया बालिका देखि ५० वर्ष सम्मका छन् । डिस्चार्ज हुनेहरु जेठ २७ देखि असार १३ गते सम्म भर्ना भएकाहरु रहेको उरावले बताउनुभयो ।

प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ४ सय ७९ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३