प्रकाशित : २२ असार २०७७, सोमबार १७:५४

विराटनगर, २२ असार । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत मोरङको वेलबारीमा साढे ६ सयले रोजगारी पाउने भएका छन् । कृषिलाई प्राथमिकता दिदै बेलबारी नगरपालिकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु भएको छ ।

एक वडा एक उत्पादन गरिरहेको नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा समेत कृषिलाई प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्ष २०७७–०७८ नीति तथा कार्यक्रममा समेत कृषिलाई प्राथमिकता दिएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । कृषकका खेतवारीमा सिंचाईका लागि कुलो मर्मत देखी उत्पादन गरिएका विरुवाहरुको गोडमेल तथा मलजल गर्ने काम भइरहेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा संयोजक विनोद दाहालले वताउनुभयो ।

बेलबारी ४ मा गत बर्ष सो कार्यक्रम मार्फत १० हजार भन्दा वढि सुपारीका विरुवा रोपिएका थिए । अहिले विरुवा गोड्ने काम भईरहेको छ । बेलबारी नगरपालिका अन्र्तगतका केहि वडाहरुमा भने ड्रेन निर्माण खानेपानि विस्तार तथा विद्यालय मर्मतको काम भईरहेको छ । नगरपालिकामा ६ सय ५८ जनाले रोजगार पाउने संयोजक दाहालले बताउनुभयो ।

न्यून आय भएकाहरुको छनोट गरी रोजगारी दिएको नगरपालिकाले जनाएको छ । कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरी गरिखाने परिवारलाई यो कार्यक्रमले राहत समेत मिल्ने विश्वास गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३