प्रकाशित : २२ असार २०७७, सोमबार १७:५१

विराटनगर, २२ असार । प्रदेश १ मा आज ६ जना पुरुषमा कोरोना संक्रमित थपिएका छन् । झापामा ४, खोटाङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भापाको मेचीनगरमा १, विर्तामोडमा २ र गौरीगञ्जमा १, सुनसरीको रामधुनीमा १, खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकामा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ७६ पुगेको छ । संक्रमित मध्ये १ सय ११ महिला र ५ सय ६५ पुरुष रहेका छन् ।
प्रदेश १ बाट आज १५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ११ महिला र ५ पुरुष डिस्चार्ज भएका हुन ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ७२ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३