प्रकाशित : १९ असार २०७७, शुक्रबार १७:४३

विराटनगर, १९ असार । प्रदेश १ बाट आज २१ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन ।

आज डिस्चार्ज हुनेमा १३ महिला र ८ पुरुष रहेका छन् । मोरंगबाट १२, सुनसरीबाट ५ र उदयपुरबाट ४ जना डिस्चार्ज भएका हुन । विराटनगरबाट डिस्चार्ज हुनेमा ३ वर्षका बालक देखि ४८ वर्ष सम्मका रहेको कोभिड १९ उपचार केन्द्र विराटनगर अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु जेठ २७ देखि असार १२ गते सम्म भर्ना भएकाहरु हुन ।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय २१ पुगेको छ ।

प्रदेश १ मा संक्रमितको संख्या ६ सय ५३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३